


Get the latest creative news from FooBar about art, design and business.



गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।
भैरहवा, ३० पुस। रुपन्देहीको भैरहवामा जारी ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि रुपन्देही–११ ले आफ्नो पोल्टामा पारेको छ । बुधबार सिरिजको दोस्रो खेलमा रुपन्देहीले त्रिभुवन आर्मी क्लब ‘ए’लाई ६ विकेटले पारजित गर्दै सिरिज पक्का गरेको हो । मंगलबार पहिलो खेलमा रुपन्देही २६ रनले विजयी भएको थियो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज क्लिनस्वीप गरेको थियो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जितका लागि पाएको १ सय १८ रनको लक्ष्य रुपन्देहीले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसको जितमा आकाश त्रिपाठीले अविजित ३९, सन्दीप मौर्यले २४, आरिफ खानले १८, सन्दीप रजालीले…
भैरहवा, ३० पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न लागेको विमानको एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ । बुधवार भैरहवाबाट काठमाडौंका लागि उडान भर्न लागेको बुद्ध एयरको उडान नम्बर ८५२ (कल साइन ९ एन एएमडी) विमानमा सवार गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का सुमन गौतमले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । ‘उडान भर्नका लागि विमानको इन्जिन अन भइसकेको थियो । त्यही बेला आपतकालीन ढोका खोलिएको पाइलटलाई जानकारी भएपछि उडान रोकिन पुग्यो’,उनले क्लिक लुम्बिानीसँग भने, ‘कुनै क्षति भएको छैन ।’ आपतकालीन ढोका खोलेका उक्त यात्रुलाई प्रहरीको जिम्मा लगाइएको उनले…
काठमाडौं,२९ पुस । नेपाली कांग्रेसमा नेतृत्वको विवादकाबीच शेखर कोइराला पक्षधर जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । मध्यमार्गी प्रस्तावसहित देउवा निवास महाराजगन्जमा भेटघाट गर्न पुगेका उनीहरुलाई देउवाले समाधान खोज्न आफु सकारात्मक रहेको तर अहिल्यै हट्न तयार नभएको बताएका थिए । दुई महिनापछि स्वतः हट्ने भएकाले अहिले नै हट्नुपर्छ भन्ने विषय सान्दर्भिक नभएको देउवाको भनाइ उदृत गर्दै सहभागी एक नेताले बताए । संस्थापन र विशेष महाधिवेशन पक्षधरबीच भइरहेको वार्ताको निर्णय आफूले मान्ने पनि देउवाले बताएका छन् । भेटघाटमा चितवन, नुवाकोट, दैलेख, कालिकोट, खोटाङ लगायत जिल्लाका सभापति र नेताहरु सहभागी थिए।
स्याङ्जा,२९ पुस। स्याङ्जा प्रहरीले भरुवा बन्दुक, बारुद लगायतका सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरुवा गाउँपालिका–६ लेवाका ७२ वर्षीय रामबहादुर सुनार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुनारको घर खानतलासीका क्रममा भरुवा बन्दुकको मर्मत कार्य भइरहेको अवस्थामा बन्दुकसहित सामग्री बरामद भएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले बताए । उनका अनुसार एउटा एकनाले भरुवा बन्दुक, दुई वटा नाल भएको तर पाट पुर्जा जडान नभएको भरुवा बन्दुक र एउटा नाल नभएको पाटपुर्जा जडान नभएको भरुवा बन्दुक बरामद भएको छ । त्यस्तै फलामे रड चार वटा, भरुवा बन्दुकको छुच्ची छ वटा, बारुद १४२ ग्राम, सिसाका छर्रा १०७ वटा, केप…
काठमाडौं,२९ पुस। नेपालबाट गत सन् २०२५ मा ५ सय १ जना विदेशी नागरिकलाई डिपोर्ट गरिएको छ । अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये ४ सय ३७ जना पर्यटक भिसामा १ सय ५० दिनभन्दा बढी समय ओभरस्टे गरेर बसेको र ६४ जना आपराधिक गतिविधिमा संलग्न थिए । भिसाको उद्देश्यविपरीत नेपालमा बसोबास गर्ने, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसुरमा संलग्न भई सजायँ भुक्तान गरिसकेकाहरुलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । सन् २०२५ मा ३६ विभिन्न मुलुकका १ सय १६ जना विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । अध्यागमन विभागका अनुसार भिसाको म्याद सकिएको, भिसाको…
भैरहवा, २९ पुस । भारतमा अवैध रुपमा भन्सार छलेर भित्राइएको मोबाइलको प्राईभेसी ग्लास प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका-९ ईट्टाभट्टीस्थित वेवारिसे अवस्थामा यूपी ५६ एन ६९२५ नम्बरको मोटरसाइकलमा रहेको चार हजार थान मोबाइलको प्राईभेसी ग्लास बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जनाए । उनका अनुसार बरामद सामग्री १२ लाख मूल्य बराबरको रहेको छ । बरामद सामग्री र मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं,२९ पुस। चीनबाट अवैध रुपमा भित्राइएको इलेक्ट्रिक चुरोट (भेप) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी, भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा ना ६ ख ७५९१ नम्बरको कन्टेनर चेकजाँच गर्दा ८० कार्टुन इलेक्ट्रिक चुरोट बरामद भएको हो । भेप बरामदसँगै कन्टेनर चालकलाई पक्राउ गरिएको हो । बरामद भेप २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको रहेको बताइएको छ । उक्त इलेक्ट्रिक चुरोट ३–४ दिनअघि…
काठमाडौं,२९ पुस। नेपालको स्थानीय बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएकोमा मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ।
काठमाडौं,२९ पुस। भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। द न्यूज हिमाचलका अनुसार मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको हो । मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ टाकुराका रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले बताए। मृतक सबै एउटै गाउँका दुई परिवारका ९ जना रहेका छन् । मृत्यु हुनेहरुमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा, १० वर्षीया छोरी रेणुका र २२ महिनाको छोरा राजन रहेका छन् । त्यस्तै ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक,…
काठमाडौं,२८ पुस । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) लाई नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको हो । उनी यसअघि अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक थिए। भण्डारीको ‘समाचारको भाषा’, ‘मलाया एक्सप्रेस’ र ‘बोरा’ जस्ता कृतिहरु प्रकाशित छन्।