Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा,२५ फागुन।रुपन्देहीको ओमसतिया गाउँपालिकाको हिउँदे अधिवेशन (१६ औं गाउँ अधिवेशन) एक कार्यक्रमकाबीच आईतबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा योजनाहरु परिमार्जन गर्दै अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको पालिकाले जनाएको छ । अधिवेशनमा आर्थिक चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले चालु आर्थिक वर्षमा गाउँपालिकाको चालु खर्च शिर्षकमा ३२ करोड ४२ लाख ८५ हजार रुपैयाँ विनियोजन भएकोमा २०८१ माघ मसान्त सम्म १४ करोड १ लाख ९५ हजार रुपैयाँ अर्थात ४३.२३ प्रतिशत खर्च भएको बताईन् । यस्तै पूँजिगत खर्च शिर्षकमा १७ करोड ३३ हजार बिनियोजन भएकोमा  ४ करोड ६४ लाख ८७ हजार…

Read More

भैरहवा, २५ फागुन । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६६ औं वार्षिक साधारण सभा तथा अधिवेशन–२०८१ अन्तर्गत शनिबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। २ हजार १ सय १२ सदस्य रहेको संघमा शनिबार भएको मतदानमा १ हजार ६ सय ७० मत खसेको थियो। संघको अध्यक्षमा नेत्र प्रसाद आचार्यसहित वरिष्ठ उपाध्यक्षमा दिलिप कुमार कान्दु, उपाध्यक्ष (उद्योगतर्फ) गोविन्द ज्ञवाली, उपाध्यक्ष (कर्पोरेट) मा रोहित कुमार अग्रवाल, महासचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा कमल प्रसाद मरासिनी, सचिवमा मंगल भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कर्पोरेट सदस्यमा विकास कुमार गोयनका, अर्पित अग्रवाल, वस्तुगत सदस्यमा प्रितम कुमार रौनियार, कार्यसमिति सदस्य उद्योगतर्फ महिलामा विष्णु माया शर्मा निर्विरोध निर्वाचित…

Read More

दाङ, २५ फागुन । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिता अन्र्तगतका खेलाहरु रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले खेल पर्यटनले मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए। ‘खेल पर्यटनको विकास भइरहेको छ । यो सुखद पक्ष हो,’उनले भने, ‘खेल आर्थिक समृद्धिको आधार बन्दै गएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको छ।’ खेल क्षेत्रको पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि…

Read More

श्रीलंका, २३ फागुन । प्रहरीले एक अधिकारीको मृत्युका कारण पक्राउ गर्न अदालतको आदेश भएपछि बेपत्ता भएका आफ्ना फरार प्रमुखको खोजीका लागि बिहीवार सार्वजनिक अपिल जारी गरेको छ। प्रवक्ता बुद्धिका मनतुङ्गाले प्रहरी महानिरीक्षक (आईजीपी) देशबन्धु तेन्नाकुनलाई विभिन्न विशेष इकाइमा खटाए पनि फेला पार्न नसकिएको बताए। कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै मनतुङ्गाले भने, ‘हामी सर्वसाधारणलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा कुनै पनि जानकारी दिन आग्रह गर्दछौँ।’ उनले आईजीपीलाई प्रश्रय दिने वा न्यायमा बाधा पुर्‍याउनेलाई पनि कारबाही गरिने बताए। मनतुङ्गाले आफ्नै प्रमुखलाई पत्ता लगाउन नसक्नुले प्रहरीमाथिको जनविश्वासलाई कमजोर बनाएको स्वीकारे। उनले टापुबाट भाग्नबाट रोक्न सरकारले विदेश यात्रामा प्रतिबन्ध लगाएको छ। ‘यो गम्भीर विषय हो…

Read More

काठमाडौं, २२ फागुन। काठमाडौंको साँखुस्थित एक अनाथालयमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ। अनाथालय मानिस सुतिरहेको बेला शुक्रबार बिहान ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर अनाथालयको कोठामा छिर्दा घटना भएको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन, ४५ वर्षीय हरिजन नामक व्यक्तिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटार स्थित साँखु ब्रमखेल सडक खण्डमा सिन्धुपाल्चोक मेलम्ची १२ का २५ वर्षीय सागर माझीले चलाएको टिपर द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा अनियन्त्रि भइ छिरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले बताए। उक्त अनाथालय युबराज थापाले…

Read More

भैरहवा, २३ फागुन। प्रहरीले दश किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको रम्भा गाउँपालिका–३ हुमिनका ३५ बर्षीय गणेश कुँवर मगर रहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले मगर बस्ने घरको कोठामा खनतलासी लोबेड भित्र राखिएको झोलामा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए । साथै, प्रहरीले हाते काटा (तराजु) बरामद पनि गरेको छ । लागुऔषध गाँजा कसूरमा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धानको गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Read More

भैरहवा, २३ फागुन। भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १६.७७ प्रतिशत बढी हो । भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यही अवधिमा ४५ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । तर, अहिले चालु वर्षको ७ महिनामा वार्षिक लक्ष्यको ४८.६४ प्रतिशत राजस्व असुली भएको र मासिक लक्ष्य पनि औसतमा ८५ प्रतिशतमाथी रहेको छ । भैरहवा भन्सार कार्यालयलाई भन्सार विभागले दिएको लक्ष्य अनुरूप कार्यालयले साउनमा ८३.५३ प्रतिशत, भदौमा ९०.०५, असोजमा १००.३९, कात्तिकमा ८३.१७, मंसिरमा ८२.१७, पुसमा ८०.६२ र…

Read More

भैरहवा,२३फागुन। सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा अटो तथा ई–रिक्सा व्यवस्थापन गर्नका लागि अन्तरपालिका समन्वय बैठकमा सहमती भएको छ। सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँको अध्यक्षतमा बिहीवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको पालिका स्तरीय समन्वय बैठकले यसअघि भएका निर्णयहरुलाई कार्यान्वयनमा लागि अटो तथा ई–रिक्सा व्यवस्थापन गर्ने निर्णय गरेको हो। सिद्धार्थनगर सहित, ओमसतिया, मायादेबी, सियारी गाँउपालिका र जिल्ला सुुरक्षा समितिबीच बसेको बैठकले ई–रिक्सा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले जानकारी दिए। उनका अनुसार तिनपाङग्रे सवारी साधन दर्ता नगरेका गाउँपालिकाहरुले तिनपाङ्ग्रे सवारी साधन नियमन सन्चालन तथा व्यवस्थापनको लागि ०८१ माघ १३ मा भएको बैठकको निर्णय अनुसार तोकिएको…

Read More

लुम्बिनी, २२ फागुन। शान्तिका अग्रदुत गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ । पाँच सय जनाको कुलपुत्र प्रवज्या, चौथौ त्रिपिटक वाचन चलिरहेको बेला शनिबार राती लुम्बिनीस्थित केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी उद्यानमा चार हजार दीप प्रज्वलन गरिने भएको हो। धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका पाँच सय जना कुलपुत्रहरुको सहभागितामा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम राखेको हो। धम्मकायका अध्यक्ष भिन्ते फ्रा थाभोर्न थाभ्राले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्जवलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गरिने बताए। उनले गत वर्ष पनि दीप प्रज्वलन गरिएको बताउँदै आगामी बर्ष यसलाई अन्तर्राष्ट्रिय स्तरको…

Read More

लुम्बिनी, २२ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालयमा ३८ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । चालु शैक्षिक सत्र मा भर्ना भएका उनीहरुलाई विश्वविद्यालयले एक कार्यक्रमकाबीच स्वागत गरेको छ। भर्ना भएका विद्यार्थीमध्ये ३५ जना चिनियाँ, दुई जना भारतीय र एक जना मलेसियन रहेको विश्वविद्यालयले जनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्य, बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्य, योजना तथा मूल्यांकन महाशाखाका निर्देशक डा. कुलप्रसाद खनालले विद्यार्थीहरुलाई एडमिसन अफर लेटर प्रदान गरेर स्वागत गरे। चालु शैक्षिक सत्रमा स्नातकोत्तर तहमा ३७ जना र स्नातक तहमा एक जना विद्यार्थी भर्ना भएको देवदह शिक्षा विकास परियोजनाका निर्देशक डा. कुमार खड्काले…

Read More