Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा । दशकौ देखि सडक र फुटपाथ क्षेत्रमा संचालनमा हुँदै आएको साप्ताहिक हाटबजारलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सामुदायिक कृषि बजार भवनमा स्थानान्तरण गरेको छ। निर्माण पश्चात वर्षौदेखि अलपत्र रहेको भवनको ‘ए’ ब्लकमा हाटबजार संचालनमा आएसँगै सडकका व्यवसायीहरुले अब अत्याधुनिक भवनबाट व्यापार सुरु गरेका छन्। भैरहवाको मालपोत कार्यालय क्षेत्रमा प्रत्येक साताको आइतबार र बिहीबार सडक क्षेत्रमा हाटबजार लाग्दै आएको थियो । । अब सोही स्थानमा वर्षौ अघि निर्माण भएको भवनमा बजारमा सुरु भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले निर्माणको उद्देश्य अनुरुप भवनको ‘ए’ ब्लक मा कृषि बजार संचालनमा ल्याइएको बताए। भवनमा बजार संचालनका लागि पालिकाले व्यवसायीहरुलाई निवेदन दिन…

Read More

भैरहवा । रुपन्देहीका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीको मूल्य अत्याधिक वृद्धि र अभावका कारण निर्माण उद्योगमा ‘आपतकाल’ घोषणा गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थ, सिमेन्ट, छड, अलकत्रा लगायत सामग्रीको मूल्य निरन्तर बढिरहेको र नदीजन्य सामग्रीको चरम अभावले निर्माण कार्य प्रभावित भएको जनाएको छ। ठेक्का सम्झौता गर्दा कायम दरभन्दा धेरै मूल्य बढ्दा पनि सोहीअनुसार भुक्तानी नपाएको गुनासो व्यवसायीहरुले गरेका छन्। संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले मूल्यवृद्धिले व्यवसायीलाई गम्भीर असर पारेको भन्दै मूल्य समायोजन, ठेक्काको म्याद थप र राहतको माग गरेका छन्। ‘सरकारले निर्माण उद्योगमा आपतकाल घोषणा गरि व्यवसायीलाई…

Read More

भैरहवा,३ बैशाख। रुपन्देही जिल्लामा गएको चैत महिनामा मात्रै २० जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको चैत महिनाको विवरण अनुसार, १८ वर्षमुनी देखि ४५-६० उमेरसमूहका २० जना व्यक्तिले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार, १८ जनाले झुण्डी र २ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । जसमध्ये १४ जना पुरुष र ६ जना महिला रहेका छन् । आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेरसमूहका ५ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ५ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ६ जना र ४६ देखि ६० वर्ष उमेरसमूहका ३ जना रहेको सार्वजनिक…

Read More

भैरहवा, ३ बैशाख। लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक अवधिसम्म कुल विनियोजित बजेटको ३४.३१ प्रतिशत मात्र खर्च गरेको छ । सरकारले साउनदेखि चैत मसान्तसम्मको अवधिमा पुँजीगततर्फ ३२.३६ प्रतिशत र चालुतर्फ ३७.२७ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा चैत मसान्तसम्म १३ अर्ब ३४ करोड ९६ लाख रुपैयाँमात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ विनियोजन भएकोमा चैत मसान्तसम्म ७ अर्ब ५९ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ। त्यस्तै १५ अर्ब…

Read More

काठमाडौं,३ बैशाख। सरकारले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत नि:शुल्क शैय्या (बेड) को विवरण अब अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्न थालेको छ। ‘फ्रि हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा कतिवटा नि:शुल्क शैय्या खाली छन् र उक्त शैय्यामा को-को बिरामी उपचाररत छन् भन्ने विवरण रियल-टाइममा हेर्न सकिने गरी प्रणाली विकास गरिएको हो। नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगर्ने ग्यारेन्टी गरेको छ। सोही संवैधानिक म्यान्डेट र स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ को दफा ७० ९घ० मा उल्लेखित व्यवस्थालाई कडाइका साथ लागू गर्न यो…

Read More

काठमाडौं,३ बैशाख । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले १२८ जना बन्दी रहेका नेपाली नागरिकलाई आममाफी दिएको छ । पवित्र महिना रमजानपर्वका अवसरमा यूएई (दुबई) सरकारले विभिन्न घटनामा कैद सजाए पाएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले मानवीय आधारमा गरिएको आममाफीलाई उच्च मूल्यांकन गरेको जनाएको छ। मन्त्रालयका अनुसार यस कदमले नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्धमा रहेको सौहार्द र सद्भावनालाई थप सुदृढ बनाएको छ । मार्फत नेपाल सरकारको अनुरोधपछि यूएई युएई सरकारले उनीहरुलाई आममाफी दिएको हो ।

Read More

काठमाडौं,३ बैशाख । विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नाम समावेश गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरु’को सूचीमा उनको नाम समावेश गरेको हो । ३६ वर्षीय शाहलाई टाइमले ‘हिप–हपका पूर्व स्टार’ र नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’ का रुपमा चित्रण गरेको छ। टाइमले फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको अभूतपूर्व समर्थन र पुराना नेताहरुप्रतिको वितृष्णाका कारण बालेनले सानदार जित हासिल गरेको उल्लेख गरेको छ। सामाजिक सञ्जालमा उनको पोस्ट उल्लेख गर्दै टाइम म्यागेजिन लेख्छ, ‘पुराना र नयाँ सबै नेता चोर हुन् । बालेनले सामाजिक सञ्जालमा लेखेका थिए ।…

Read More

भैरहवा,३ बैशाख। भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा अवैध रुपमा भित्राइएको ३ लाख ३२ हजार बढीमूल्य बराबरको विभिन्न सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जनाए । उनका अनुसार, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बिचुवापुरबाट एक लाख ८० हजार बढी मूल्य बराबरको तीन वटा मोटरसाइकलसहित खाद्यन्न सामग्री बरामद गरिएको छ । त्यस्तै, सिद्धार्थनगर–१ बेलहिया बसपार्कबाट ५१ हजार बढी मूल्य बराबरको लेडिज टप ३२ थान र सूट १६ थान बरामद भएको छ । यस्तै तिलोत्तमा–११ मंगलापुरबाट एक लाख बढी मूल्य बराबरका लेडिज सूट ४६…

Read More

भैरहवा, ३ बैशाख । रुपन्देही जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाए पाएका ५ जना फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले बताए । उनका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा बुटवल उप–महानगरपालिका–११, देविनगरको सिता खत्री र चेक अनादर मुद्दामै सिद्धार्थनगर नगरपालिका–८ फहिम लारी रहेका छन्। क्षेत्रीलाई १५ दिन कैद र तीन हजार जरिवाना तथा लारीलाई १५ दिन कैद र एक हजार पाँच सय जरिवाना सजाएको फैसला भएको थियो । यस्तै, सवारी ज्यान मुद्दामा सैनामैना…

Read More

काठमाडौं,३ वैशाख। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा भारी मूल्य हुँदै आएको छ । पेट्रोलियम पदार्थमा मूल्य बढ्दै जाँदा आमसर्वसाधरणको भान्सासमेत महँगिदैँ गएको छ । निगमका अनुसार, डिजेल र मट्टीतेल प्रतिलिटर ३० रुपैयाँले वृद्धि भएको छ । पेट्रोलको मूल्य भने यथावत राखिएको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ।

Read More