Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

भैरहवा, ८ बैशाख । सशस्त्र प्रहरीले रुपन्देहीको सीमावर्ती क्षेत्र सिद्धार्थनगर नगरपालिका–१ नौडिहवा (भैरहवा) बाट लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको गस्ती टोलीले वेवारिसे अवस्थामा १५ किलो दुई सय ३० ग्राम गाँजा बरामद गरेको हो । र्याप गरिएको अवस्थामा १५ वटा पोकामा बरामद गाँजा भारतमा लैजाने योजना रहेको आंशका गरिएको छ । बरामद गाँजा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वाटर रुपन्देहीका डिएसपी मोहन न्यौपानेले जानकारी दिए । केही दिन अघि पनि सशस्त्र…

Read More

भैरहवा, ६ बैशाख । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री जोखबहादुर महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट विना विभागीय एक मन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेका हुन् । यससँगै महाराको मन्त्रिपरिषद १० सदस्यीय भएको छ । सबै ६ जनाले आज साँझ ५ बजे विना विभागीय मन्त्रीको शपथ लिने तयारी रहेको छ । यस अघिको मन्त्रिपरिषदमा एमालेका चेतनाथ आचार्य, आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, जपसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री बनाइएको थियो ।

Read More

भैरहवा, ५ बैशाख । नेपालबाट ठुलो परिमाणमा भारत लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले गाँजासहित कन्टेनर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्रको नम्बर २७ गणका एसपी आनन्द थापा मगरको कमाण्डमा खटिएको टोलीले झण्डै तीन क्विन्टल गाँजा बरामद गरेको हो। साथै, भारत पञ्जाबका ३६ वर्षीय कन्टेनर चालक सतनाम सिंहलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। भारतको युपी ७८ बीटी ८२९७ नम्बर प्लेटको कन्टेनर चितवनबाट भैरहवाको बेलहिया नाका हुँदै भारत जान लागेको अवस्थामा मंगलबार बिहान रोहिणी गाउँपालिका-१ बाइपास इलाकामा चेकजाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएर लैजान लागिएको दुई क्विन्टल ७२ किलो बढी गाँजा बरामद गरिएको सशस्त्र…

Read More

भैरहवा, ५ बैशाख । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगरिएका हातहतियार कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको छ। साथै कतिपय इजाजत प्राप्त धनीले तोकिएको म्यादभित्र हतियार नवीकरण नगरेकोले ३५ दिनभित्र नवीकरण गर्न समेत कार्यालयले आग्रह गरेको छ। ‘इजाजत लिएर हातहतियार राखेको तर कतिपयले म्यादभित्र नवीकरण नगरेको कार्यालयको अभिलेखबाट देखिएपछि नवीकरण गर्न र हतियार बुझाउनका लागि सूचना जारी गरेका छौँ’ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘अटेर गरेमा कारबाही गर्छौं।’

Read More

भैरहवा, ४ बैशाख । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) अभिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन् । बैशाख ३ गते बसेको बढुवा समितिको निर्णय अनुसार डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल एआईजी पदमा बढुवा सिफारिस भएका हुन् । उमेर हदका कारण क्रमश: बैशाख ५ र बैशाख ७ गते एआईजी सन्दीप भण्डारी र मिरा चौधरी अवकाशमा जाँदैछन् । सोही रिक्त हुने एआईजी पदमा डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् । डीआईजी जोशी ७३.८३६८ प्राप्ताङ्कसहित पहिलो नम्बरमा र ढकाल ७३.६३०६ अंकप्राप्त गर्दै दोस्रो नम्बरमा बढुवा भएका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा…

Read More

भैरहवा, २ चैत । बलिउड अभिनेता सलमान खानको घरमा गोली प्रहार भएको छ । आइतबार बिहान अभिनेता खानको मुम्बईको ब्रन्दा स्थित ग्यालेक्सी अपार्टमेन्टमा करिब ५ बजे मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले घरमा गोली प्रहार गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रहरीका अनुसार गोली उनको घरको भित्तामा लागेको छ भने कुनै मानवीय क्षति भएको छैन । घटना भएलग्त्तै अभिनेता खानको घरमा सुरक्षा बढाइएको छ र मुम्बई क्राइम ब्रान्च सहितको फोरेन्सिक टोलीले अनुसन्धान सुरु गरेको छ । अभिनेता खानलाई यस अघि लरेन्स बिश्नोईको समूहले ज्यान मार्ने धम्की दिइएपछि उनको सुरक्षा बढाइएको थियो । यस घटनामा पनि मुम्बई क्राइम ब्रान्चले लरेन्स…

Read More

भैरहवा, ३० चैत । भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले मेलवर्न क्रिकेट क्लबलाई १६ रनले हराउँदै विजयी भएको हो । टस जितेर ब्याटिङ रोजको न्य होराइजनले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रनको योगफल बनायो । जसका लागि १ सय ४३ बलमा अमर मिश्राले ६ चौकाको मद्दतले ८९ रनको अर्धशतकीय पारी खेले । यस्तै, निश्चल ज्ञवालीले २९, महेश भरले २४, बाबुराम क्षेत्रीले २२ र प्रदीप शाहनीले १० रन जोड्न सफल भए । बलिङमा मेलवर्नका रमेश कुर्मी,…

Read More

भैरहवा, ३० चैत। लुम्बिनी प्रदेशलाई लक्षित गरि राइड शेयरिङ एप ई-ड्राईभ नेपाल सञ्चालनमा आउने भएको छ । ई-ड्राईभ लुम्बिनी र ई-ड्राईभ नेपालको सहकार्यमा बैशाख पहिलो साताबाट लुम्बिनी प्रदेशमा पहिलोपटक राइड शेयरिङ संचालनमा आउने भएको हो । ई-ड्राईभ लुम्बिनी नेपालले सर्वसाधारणलाई ओहोर दोहोर सहज तुल्याउन अनलाइन माध्यमबाट टयाक्सी र मोटरसाइकलबाट राइडिङ सुविधा प्रदान गर्ने ई-ड्राईभ लुम्बिनी प्रालिका अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।नेपालमै तयार भएको एप र मुख्य गरी विधुतिय गाडीलाई प्राथमिकता राखेर बैशाखको पहिलो साताबाट सेवा सुरु गर्न लागिएको उनले बताए ।कम्पनीले नेपाल सरकारबाट निर्धारण गरिएको भाडा दर नै कायम गरिने उनको भनाई छ । ‘स्थानीय युवालाई आफ्नै ठाउमा रोजगारको…

Read More

भैरहवा, २७ चैत । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतका विभिन्न प्रहरी ईकाईहरुले भन्सार छलेर भित्राइएको कुखुरा र कपडा बरामद गरेको छ । तस्करीमा प्रयोग भएको मोटरसाइकलको मूल्य सहित साढे तीन लाख बराबरको साम्रगीहरु विभिन्न प्रहरी ईकाइहरुले बरामद गरेको रुपन्देहीका एसपी रंजित सिंह राठौरले जानकारी दिए । प्रहरी चौकी पिप्रहवाबाट खटिएको टोलीले भन्सार छलेर मोटरसाइकलमा भित्राइएको ५७ हजार बढी मूल्य बराबरको कुखुरा रोहिणी गापाको कोटिहवाबाट नियन्त्रणमा लिएको छ । त्यस्तै प्रहरी बिट बसपार्क भैरहवाको टोलीले भैरहवा बसपार्कबाट वेवारिसे अवस्थामा एक लाख पचास हजार मूल्य बराबरको ६७ थान कुर्ता, सुरुवाल, एक हजार सात सय नब्बे थान मोजा बरामद गरेको रुपन्देहीका डिएसपी मनोहर…

Read More

काठमाडौँ, २७ चैत। नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु भएलग्त्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरुद्ध गरेका थिए । सभामुखको अनुमतिले कांग्रेस सचेतक सुशिला थिङले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संग्लनताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।उनले लामिछानेको ठाउमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्न समेत गरेकी छन् । सांसद थिङले सहकारी प्रकरण बारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णय समेत संसदमा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै बैठक अवरुद्ध गरेका छन् । बैठक अवरुद्ध भएसँगै…

Read More