Author: क्लिक लुम्बिनी

गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

काठमाडौं,२९ फागुन। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पार्थिव शरीरलाई केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । शुक्रवार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा मोहनप्रसादको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। अन्त्येष्टि अघि उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरु अस्पताल पुगेका थिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहनप्रसादको झापास्थित घरमा पनि आगजनी गरिएको थियो। त्यसयता उनी गठ्ठाघरस्थित छोरीको घरमा बस्दै आएका थिए ।

Read More

काठमाडौं,२९ फागुन। प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीमा समानुपातिक सांसद बन्नका लागि कचकच सुरु भएपनि अध्यक्ष हर्क साम्पाङले रोइलो गर्नेलाई पार्टीबाट निष्काशनको चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराएका हुन् । उनले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु ! हद भो ।’ प्रतिनिधिसभा निर्वाचनमा ३ लाख ८५ हजार ९०२ मत ल्याएर श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट सुरक्षित गरेको छ। प्रत्यक्षतर्फ तीन सीटका साथ संसद्मा उक्त पार्टीमा ७ सांसद् हुनेछन् ।

Read More

अमेरिका,२९ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले इरानसँगको युद्धका कारण कठिन परिस्थितिमा पुगेका छन्। उनी अहिले स्पष्ट रुपमा विजय घोषणा गर्न सक्ने अवस्थामा देखिँदैनन्। युद्ध विस्तार हुँदै जाँदा नियन्त्रण कमजोर हुँदै गएको जस्तो देखिन्छ र युद्धबाट बाहिरिने निर्णय लिइयो भने आर्थिक तथा रणनीतिक परिणाम अझ गम्भीर हुन सक्ने संकेतहरु पनि देखिएका छन्। यसले युद्धको अवस्था झन् जटिल बन्दै गएको संकेतहरु देखिन थालेको छ। १. होर्मुज जलडमरु मार्ग बन्द इरानले विश्वको करिब पाँचौं भाग तेल ओसारपसार हुने महत्वपूर्ण मार्ग होर्मुज बन्द गरेपछि युद्धको दायरा विस्तार भएको छ। अमेरिकासँग ठूलो सैन्य शक्ति भए पनि केवल सैन्य बल प्रयोग गरेर सबै समस्या…

Read More

काठमाडौं,२९ फागुन । मुलुकमा आजदेखि अनिश्चितकालका लागि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरण सुरु गरिएको छ । नेपाल आयल निगमले बिहीवार एक सूचना जारी गर्दै एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन शुक्रवारदेखि ‘आधा सिलिन्डर ग्यास’ बिक्री वितरणको व्यवस्था गरिएको जनाएको थियो । आजदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ७ दशमलव १ केजी एलपी ग्यास (आधा सिलिन्डर) को मूल्य ९५५ रुपैयाँ तोकिएको छ ।

Read More

काठमाडौं,२७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगण्ना सकिएको छ। प्रत्यक्षतर्फको मतगणना सकिएर नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगण्ना पश्चात सिट बाँडफाँटको विषयमा चासो बढेको छ । निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय अभ्यासमा रहेको ‘सेन्ट लग’ विधि प्रयोग गर्ने जनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, प्रतिनिधि सभामा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने प्रणाली) र समानुपातिक गरी दुई प्रकारका निर्वाचन प्रणाली प्रयोग गरिएका छन्। समानुपातिक प्रणालीमा भने सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर राजनीतिक दलहरुले बन्द सूची मार्फत उम्मेदवार पेश गर्ने व्यवस्था हुन्छ। यसमा दलहरुले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट…

Read More

काठमाडौं,२७ फागुन ।अख्तियार दरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन असई मुक्त नारायण श्रेष्ठविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी पदोन्नति लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । श्रेष्ठले उक्त पदमा बढुवा पाउन केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने मार्क्स स्टेटमेन्ट र माइग्रेसन सर्टिफिकेट जस्ता नक्कली कागजात पेश गरेको अख्तियारको आरोप छ।

Read More

काठमाडौं,२७ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९० जना उम्मेदवारको जमानत (धरौटी) भएको छ । क्षेत्रमा सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । जमानत जफत हुनेमा ठूलो दलका ‘हेभीवेट’ उम्मेदवारहरु समेत छन् । ‘सदर मतको १० प्रतिशतभन्दा बढी मत ल्याउने उमेदवारले जमानत फिर्ता पाउँछन्’, निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने,‘तर १० प्रतिशतभन्दा कम मत ल्याउनेको जमानत जफत हुन्छ।’ उनका अनुसार, प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गरेकामध्ये ५ सय १६ जना उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर आफ्नो जमानत जोगाउन सफल भएकोले उनीहरुले जमानत फिर्ता…

Read More

भैरहवा, २७ फागुन । रुपन्देही जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा ३८ हजार बढी मत बदर भएको छ। प्रत्यक्षतर्फ २२ हजार ३५ र समानुपातिकतर्फ १६ हजार ७ सय २७ गरी ३८ हजार ७ सय ६२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना अर्यालले जानकारी दिइन् । बदर मतको प्रकृति अनुसार मतदाताले दुई वा दुईभन्दा बढी चिन्हमा मत संकेत गरेको पाइएको उनले बताइन् । उनका अनुसार, प्रत्यक्षतर्फ रुपन्देही–१ मा ४ हजार ८ सय ५९, २ मा २ हजार २ सय ९०, ३ मा ४ हजार १ सय ६२, ४ मा ४ हजार ९ सय ७७ र ५ मा ५ हजार…

Read More

काठमाडौं,२६ फागुन। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ अहिलेसम्म एक करोड ४ लाख ४३ हजार २७२ सदर मत गणना भइसकेको छ । प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि पहिलो छ। हालसम्म समानुपातिकतर्फ रास्वपाले ५० लाख १४ हजार ८९१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फ चार वटा दलले भने अझै एक हजार मतसमेत कटाउन सकेका छैनन्। आयोगका अनुसार जनप्रिय लोकतान्त्रिक पार्टीले ९०० मत प्राप्त गरेको छ। यस्तै, मितेरी पार्टी नेपालले ७४८, उन्नत लोकतन्त्र पार्टीले ७०७ र त्रिमुल नेपाल पार्टीले ६६९ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फ ५७…

Read More

भैरहव,२६ फागुन । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीबाट चुनावी मैदान उत्रिएकामध्ये १४३ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जमानत जफत हुनेमा ठूला दलका उम्मेदवार देखि स्वतन्त्र उम्मेदवासम्म रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार, रुपन्देहीको ५ वटा निर्वाचन क्षेत्रमा १५५ जनाले उम्मेदवार दिएकोमा १२ जना बाहेक अन्य १४३ जनाको जमानत जफत भएको हो । निर्वाचन क्षेत्रमा भएको मतगणनामा कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको प्रमुख कल्पना आर्यालले बताइन् । उनका अनुसार, रुपन्देही–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सुनिल लम्साल र कांग्रेसका हिराबहादुर खत्रीबाहेक २९ उम्मेदवारको जमानत जफत भएको…

Read More